माओवादीले फागुन र चैतमा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– नेकपा माओवादी केन्द्रको शनिबार बसेको स्थायी समिति बैठकले फागुन र चैत महिनामा संगठन सुदृढीकरण र विस्तारका लागि अभियान चलाउने भएको छ । नेताहरु फिल्डमा जाने, सबै कमिटीहरूको बैठकहरू बस्ने र रिपोर्ट तयार गर्ने बैठकले निर्णय गरेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । चुनावको विषयमा पनि समीक्षा गर्ने बारे ठाउँठाउँमा अन्तर्घात भएकाले जनताकोमा गएर रिपोर्ट तयार गर्ने पनि बैठकले निर्णय गरेको उनले बताए ।
फिल्डबाट तयार भएका रिपोर्टहरू केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरिने र त्यसअनुसार नै पार्टी अघि बढ्ने प्रवक्ता महराको भनाई छ । माघको २६ गतेदेखि ५ गते भित्रमा प्रदेश समन्वय समिति इन्चार्जको नेतृत्वमा प्रदेश पदाधिकारीहरूको समन्वय समितिको बैठक बस्ने बताए । साथै त्यसले स्थानीय तहको फिल्डको जिम्मेवारी लिई बुझ्ने निर्णय भएको पनि उनले बताए । अध्यक्ष प्रधानमन्त्री भइसकेपछि प्रधानमन्त्रीका रूपमा केही निर्देशन र केही वक्तव्यहरू छन्, त्यसलाई तल लैजाने निर्णय गरेका छौँ ।

प्रतिक्रिया दिनुहोस्

Array