काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न भएको विवाद छिटै समाधान गर्ने बताए ।
शनिबार माओवादी केन्द्रको स्थायी समितिको बैठकपछि पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारसँग गफ गर्ने क्रममा उक्त कुरा बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई पुन गृह मन्त्रालय दिन चर्को माग गरिरहेका छन् । तर प्रचण्डले रविलाई गृह मन्त्रालय सर्वोच्च अदालतको पूर्ण फौसला नआउनजेल दिन नचाहेका कारण सत्ता गठबन्धनभित्र विवाद बढेको बताउँछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफूलाई नदिए सरकारबाट बाहिरिने चेतावनी दिइसकेको छ । बिहीबार बसेको उसको बैठकले प्रधानमन्त्रीलाई दुई दिनको समय दिने निर्णय आज सकिँदैछ ।
गृहमन्त्रालयको विवाद छिटै समाधान हुन्छ: प्रचण्ड

प्रतिक्रिया दिनुहोस्