‘उता फिक्सिङ गराउने यता बलात्कार आरोपितलाई क्याम्पमा राख्ने’ भन्दै क्यानविरुद्ध प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं– बलात्कारको अभियोग लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाविरुद्धको निलम्बन फुकुवा गरी राष्ट्रिय टोलीमा समावेश गरेको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । बलात्कार अभियोग लागेपछि नेपाल क्रिकेट संघ (क्यान)बाट निलम्बनमा परेका लामिछाने बिहीबार साँझदेखि हुने बन्द प्रशिक्षणमा सहभागी भएका छन् ।
क्यानको पोखरामा भएको बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो। क्यानको यस्तो निर्णयविरुद्ध नै प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् । प्रदर्शनकारीहरूले ‘मेरो राष्ट्रिय टिममा बलात्कारको अभियुक्त हुन सक्दैन’, ‘क्यान बलात्कार आरोपीको मतियार’, ‘क्यान कि क्यान नट’, ‘चतुर चन्दको चतुर्‍याइँ बलात्कारीको हर्ष बढाइँ’, ‘उता फिक्सिङ गराउने यता आरोपितलाई क्याम्पमा राख्ने’ जस्ता नारा लेखेका पम्प्लेट प्रदर्शन गरेका थिए।

सन्दीपलाई तत्काल राष्ट्रिय टिमबाट हटाउनुपर्ने उनीहरूले माग राखेका छन् । यस्ता खालका क्रियाकलापले पीडित झनै पीडित हुने एक प्रदर्शनकारीले बताए।
यस्तै, अर्का प्रदर्शनकारीले क्यानका अध्यक्ष चतुरबहादुर चन्दले शीघ्र राजीनामा दिनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्