काठमाडौं–
ललितपुरको बालकुमारीस्थित एक बैक्वेटमा शनिबारबाट नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको पाँचौँ बैठक उद्घाटन गर्दै अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारूढ गठबन्धनभित्र खटपट आइसकेको बताएका छन् । अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रपति निर्वाचनसम्म मात्र थेग्न सक्ने बताए ।
संसदको रोष्टममा उभिएर संविधानको विरोध गर्नेहरू, राजतन्त्रको वकालत गर्नेहरू, संविधान, कानुन र नियमको पालना नगर्नेहरू सरकारमा रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसबाट नेपाली जनतामा निराशा छाएको बताएका छन् ।
ध्यान अरू कुरामा नभएकाले देश सही दिशामा अघि बढछ कि बढ्दैन भन्ने मात्र रहेको उनले बताए । संविधानको पालना हुन्छ कि हुँदैन भन्नेमा छ। अहिलेका मन्त्रीहरूप्रति मान्छे आशावादी हिजो थिए। अहिले निराश हुन थालेका छन्। भोट दिएर जिताउनेहरू नै उनीहरूको विरोधमा बोल्न थालेका छन्।’ उनले निराश नभई पार्टीलाई देशव्यापी बनाउन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेतसमेत गराए।

प्रतिक्रिया दिनुहोस्