काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई दुर्घटना न्यूनीकरणका लागि ल्याएको नयाँ मापदण्ड कार्यान्वयन गर्न १० दिन भित्र हुने भएको छ । प्राधिकरण र यती एयरलाइन्सको जहाज दुर्घटनापछि प्राधिकरणले नयाँ मापदण्ड कार्यन्वयन गर्न वायुसेवा संचालकविच सहमति भएको छ ।
प्राधिकरणले तयार गरेको नयाँ प्रावधान
प्राधिकरणले जारी गरेको नयाँ मापदण्ड अनुसार सुगममा उडान भर्ने पाइलटले दैनिक ८ घण्टा उडान गर्न पाउनेछन्। यसअघि दैनिक १० घण्टा उडान गर्न पाउने गरेका थिए। दुर्गममा भने पूरानै प्रावधान राखिएको छ।
दुर्गममा उडान भर्नेले दैनिक १० घण्टा उडान गर्न पाउनेछन् । समिट एयरका सेफ्टी डाइरेक्टर विनोद पुरीले पाइलटको समय घटाउँदा थप आवश्यक नपर्ने जिकिर गरेका छन् ।
अब सुगममा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) मार्फत उडान गर्न पाइनेछ। सुगममा भिज्युअल फ्लाइट रुल्स (भीएफआर) मा उडान गर्न प्रतिवन्ध लगाइएको छ। प्राधिकरणले एक हजार फीट भन्दा तल आएर अवतरण प्रक्रिया अगाडि बढाउन नपाउने प्रावधान राखेको छ।
प्राधिकरणले इन्स्ट्रक्टर पाइलटको पहिलो चरणको तालिम जहाज उत्पादक कम्पनीमा जानुपर्ने प्रावधान बनाएको छ। अहिले ती पाइलटलाई जुनसुकै कम्पनीमा पठाउने गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्