युक्रेन र रुसबिच युद्धका कारण तेलको मूल्य बढ्दा उत्पादक कम्पनीको नाफामा उछाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ माघ २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौं–
युक्रेन र रुसबिच भएको युद्धका कारण तेलको मूल्य आकासिँदा उत्पादक कम्पनीहरुको नाफा १० गुणाभन्दा धेरैले बढेको छ । चार कम्पनीको नाफा जोड्दा एक ट्रिलियन डलर भन्दा माथि रहेको छ। चेभरोन, कोनोको फिलिप्स, एक्सन र शेलले २०२२ मा सबैभन्दा धेरै नाफा कमाएका छन् । यी कम्पनीहरुले एक वर्षमा १ ट्रिलियन डलर नाफा कमाएका छन् ।
यो कोलम्बिया, दक्षिण अफ्रिका वा स्विजरल्याण्ड जस्ता देशहरुको कुल आर्थिक उत्पादनभन्दा ठूलो रकम रहेको छ । टोटल इनर्जिज र ब्रिटिस पेट्रोलियमले आफ्नो २०२२ को वित्तीय नतिजा अर्को हप्ता प्रकाशन गर्ने तयारी गरेका छन् ।
यस्ता तेल कम्पनीहरुले गत वर्षभरी गरेको नाफाको वित्तीय विवरणहरु धमाधम प्रकाशित गर्न थालेका छन् । उनीहरुले प्रकाशित गरेको उक्त वार्षिक वित्तीय विवरणमा नाफा व्यापक उछाल आएको बताइएको छ ।
हालै तेल र ग्यासको उत्पादक कम्पनी शेलले प्रकाशित गरेको वार्षिक नाफामा एक सय १५ वर्ष यताकै सबैभन्दा धेरै नाफा कमाएको छ। यो कम्पनीले गत वर्ष मात्र ३९.९ अर्ब डलर नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलानामा दोब्बर हो। यो कम्पनीको एक सय १५ वर्षको इतिहासकै सबैभन्दा धेरै वार्षिक नाफा हो।

यस्तै युरोपको अर्को तेल र ग्यास उत्पादक कम्पनी इक्सनमोबिलले पनि गत वर्ष ५५ अर्ब ७ करोड डलर नाफा कमाएको छ। यो अघिल्लो वर्ष कमाएको नाफाभन्दा दोब्बर हो। यो कम्पनीले २०२२ को अन्तिम महिनामा मात्र १ अर्ब ३ करोड डलर नाफा कमाएको छ।

एक्सनले गत वर्ष करिब ३८ प्रतिशतले लगानी बढाएको छ। गुयाना र पर्मियन बेसिन जस्ता केही प्रमुख क्षेत्रहरूमा उत्पादन ३० प्रतिशतभन्दा बढी बढेको छ।

यसैगरी चेभरोनले पनि गत वर्ष ३६ अर्ब डलर नाफा कमाएको छ। यो अमेरिकाको दोस्रो ठूलो तेल उत्पादक कम्पनी हो। यस्तै अर्को कम्पनी कोनोको फिलिप्सले पनि १८ अर्ब डलरको नाफा कमाएको छ। समग्रमा तेल उत्पादन २०२२ मा लगभग ३ प्रतिशतले बढेर प्रति दिन २ हजार ३५४ हजार ब्यारलमा पुगेको छ। जुन २०२१ मा प्रतिदिन २ हजार २८९ हजार ब्यारल थियो।

यस्तै ब्रिटिस पेट्रोलियम कम्पनीले पनि गत वर्षको दोस्रो त्रैमासमा ८ अर्ब २ करोड डलर नाफा कमाएको थियो। यो नाफा कम्पनीको १४ वर्ष यताकै सबैभन्दा धेरै नाफा हो। हाल भने यसले वार्षिक नाफाको वित्तीय विवरण प्रकाशित गरेको छैन। तेलको मूल्य एक समयमा प्रतिब्यारल १२८ डलरसम्म पुगेको थियो। यस्तै ग्यासको मूल्य पनि यही स्तरमा वृद्धि भएको थियो। यसले गर्दा तेल कम्पनीहरुलाई नाफा कमाउन मद्दत पुर्याएको विज्ञहरुको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: