१६ वर्षीया नेपाली किशोरीको बलि चढाउन भारतीय तान्त्रिक बाबासमक्ष लगियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं– बलि दिने आशंकामा भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली किशोरीको उद्धार गरिएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको नयाँदिल्लीस्थित मङ्गलबजारको गल्लीबाट किशोरीलाई मङ्गलबार उद्धार गरिएको छ ।
‘बालिकालाई तान्त्रिक बाबासँग भेटाई तान्त्रिक बाबा खुसी भएमा अथाह पैसा पाउने भनिएको रहेछ ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । ‘भारत लानुअघि बालिकाको तौल, उचाई, शरीरमा दाग, टाटु र रजस्वला भए/नभएको परीक्षण गरिएको जानकारी दिएको छ । उनका अनुसार बालिकालाई भारत लानुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो ।
६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इञ्चभन्दामाथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अङ्गमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी भएको थियो । त्यसक्रममा उनलाई भेटाएको बयान अभियुक्तहरुले जानकारी दिएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको जानकारी दिएको छ । आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना थियो । बालिकालाई भने यसबारे जानकारी दिएको छ । ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौँ’, उनले भने,’दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो।’
पीडितलाई उनीहरुले मङ्सिर १७ गते मामाघरबाट काठमाडौँ ल्याएको खुलेको छ । पुस २० गते बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्‍याएको प्रहरीको भनाइ छ । भारत पुर्‍याएपछि विभिन्न तीन स्थानका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा उनलाई लगिएको जानकारी प्रहरीले दिएको छ । आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण उनी मामाघरमा बस्दै आएकी थिइन। उनलाई प्रलोभन देखाउनेमा उनकै नजिकका साथी र महिला संलग्न रहेको खुलेको छ।

प्रहरीले यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको श्रेष्ठले जानकारी दिए। अझै अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: