प्रहरीका ११६ जना डीएसपी र ५३ जना एसपीको सरुवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – प्रहरी प्रधान कार्यालयले डीएसपी र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । ११६ जना डीएसपी र ५३ जना एसपीहरुको सरुवा गरिएको मानवश्रोत विकाश विभागले जनाएको हो ।

डीएसपी सुवा बुढाथोकीलाई रसुवामा सरुवा गरिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा सुरज कार्की, इलाका प्रहरी कार्यालय कोहलपुरमा सुन्दर तिवारी, जाजरकोटमा सन्तोष रोका, जिप्रका रोल्पामा श्याम सारुमगर र डोल्पामा शिव कुमार बुढाथोकीलाई सरुवा गरिएको छ ।

प्रहरी वृत्त कीर्तिपुरमा राजु लामालाई पठाइएको छ । प्रहरी वृत्त ठिमीमा रविन श्रेष्ठ र जिप्रका म्याग्दीमा मदन कुँवरलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्