सरकारलाई ३ अर्ब फिर्ता पठाउँदै निर्वाचन आयोग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारलाई झन्डै ३ अर्ब रुपैयाँ चुनाव खर्च फिर्ता गर्न लागेको बताएका छन् ।

शुक्रबार आयोगले गरेको प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै प्रमुख आयुक्त थपलियाले आयोगले २०७४ सालको चुनावमा भन्दा निकै मितव्ययी भएर खर्च गरेको बताए ।

उनले चुनावका लागि सरकारसँग १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेर मागेकोमा अब हुने राष्ट्रियसभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत सकेर सरकारलाई ३ अर्ब रुपैयाँ फिर्ता गर्ने तयारीमा रहेको बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्