सन्दीप लामिछानेको मुद्दामा सर्वोच्चद्वारा कैफियत प्रतिवेदन माग

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछाने लाई धरौटीमा छाड्न दिएको आदेशको कैफियत माग्ने सर्वोच्च अदालतबाट आदेश भएको छ ।

लामिछानेलाई २० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनका अदेशविरुद्धको निवेदनमा न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ रहेको थियो । प्रारम्भिक सुनुवाइ पछि फुयालको एकल इजलासले उच्च अदालतको कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो ।

नाबालिग बालिका बलात्कार गरेको अभियोग लगेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षका लागि थुनामै राख्ने आदेश उल्टाएको थियो ।

उच्च अदालतको सो आदेश बेरितको रहेको भन्दै जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै निवेदन दायर भएको थियो । लामिछानेविरुद्ध नाबालिग बालिकालाई जबरजस्ती करणीको मुद्दा जिल्ला अदालतमा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्