साफ यू–२० महिला च्याम्पियनसिप: नेपाल घरेलु टिम बंगलादेशविरुद्ध खेल्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं – साफ यू–२० महिला च्याम्पियनसिपमा आज नेपालले घरेलु टिम बंगलादेशविरुद्ध पहिलो खेल खेल्दैछ ।

बंगलादेशको राजधानी ढाकामा हुने यो खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजेदेखि सुरु हुनेछ । च्याम्पियनसिपको उद्घाटन खेलमा भने भारतले भुटानविरुद्ध खेल्नेछ । यो खेल नेपाली समयअनुसार दिउँसो २ः४५ बजेदेखि सुरु हुनेछ ।

च्याम्पियनसिपका लागि नेपाली टिम यमप्रसाद गुरुङको मुख्य प्रशिक्षणमा छ । यस्तै, बंगलादेशविरुद्ध नेपाली टिम मिड्फिल्डर प्रिती राईको कप्तानीमा मैदान उत्रनेछ । प्रिती सिनियर राष्ट्रिय टिमकी सदस्यसमेत हुन् ।

च्याम्पियनसिपमा सहभागी चार टिमले राउन्ड रोविन पद्दतिमा प्रतिस्पर्धा गर्नेछन् । तालिकाको शीर्ष स्थानमा रहने टिमले च्याम्पियनसिपको उपाधि जित्नेछ ।

नेपाली टिम
गोलकिपर : कविता बिक, सावित्री किशन, लिला जोशी

रक्षपंक्ति : सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भुलन, दिव्या मगर, प्रतिक्षा चौधरी, कुमारी तामाङ

मिड्फिल्डर : तुलसा बोहरा, कुसुम खतिवडा, सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रिती राई (कप्तान), अञ्जली माचामासी, सरस्वती हमाल, दीपा शाही

फरवार्ड : गरिमा राई, अमिषा कार्की, ममता पुन, अञ्जली चन्द

प्रतिक्रिया दिनुहोस्

Array