गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं: डा. भट्टराई

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २० माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख दलहरूबीचको सहमतिमा पुनः जोड दिएका छन् ।

सत्ता गठबन्धनमा देखिएको तिक्तता तथा पछिल्लो राजनीतिक घटनाक्रमतर्फ लक्षित गर्दै भट्टराईले लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले प्वाल पार्ने काम गर्न नहुने भन्दै सांकेतिकरूपमा सामाजिक सञ्जालमा लेखेका छन् ।

उनले लेखेका छन्, ”लामो सङ्घर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको डुंगालाई कसैले पनि प्वाल पार्ने काम नगरौं ! यो डुङा डुब्दा हामी सबै त डुब्छौँ डुब्छौँ, देश र जनताले ठूलो क्षति व्यहोर्नुपर्नेछ’’, भट्टराईले लेखेका छन्, ‘’कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेको सन्दर्भमा प्रमुख दलहरूबीच सहमतिको विकल्प छैन । गम्भीर बनौं !’’

प्रतिक्रिया दिनुहोस्

Array