सरबारबाट बाहिरिने कि रहने भन्ने विषयमा रास्वपाले आज निर्णय गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको समय सरेको छ । आज दिउँसो ३ बजेका लागि निर्धारित बैठक आजै अपराह्न साढे ४ बजे बस्ने गरी तय गरिएको हो । केन्द्रीय कार्यालय वसुन्धरामा बैठक बस्ने पार्टीले जनाएको छ ।

सभापति रवि लामिछानेले नागरिकता विवादमा सांसदसँगै मन्त्री पद गुमाएका थिए । लामिछानेको नागरिकता पुनः कायम भइसकेको छ । त्योसँगै उनलाई पुनः उपप्रधान एवं गृहमन्त्रीमा नियुक्त गर्न माग गरिएको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियुक्त गर्न अस्वीकार गरिरहेका छन् ।यस्तो अवस्थामा सरकारमै बस्ने वा सरबारबाट बाहिरिने भन्ने विषयमा रास्वपाले निर्णय गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्