परराष्ट्रमन्त्री आज श्रीलंका जाँदै, कार्यक्रमहरु के–के छन् ?

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौ– परराष्ट्रमन्त्री डा.विमला राई पौड्याल राजनीतिक भेटघाट र राजनीतिक महत्त्वका अवसरहरूमा सहभागी हुन आज श्रीलंका भ्रमणमा जाँदै छिन् । मन्त्री पौड्यालले श्रीलंका भ्रमणका क्रममा सार्कको बारेमा पनि साइडलाइन कुराकानी सम्भव भएसम्म गर्ने बताएकी छन् । शुक्रबार मन्त्री पौड्यालले श्रीलंकन समकक्षीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको र त्यही दिन स्वागत लञ्चको कार्यक्रम राखिएको मन्त्रालयले जनाएको छ । सोही दिन मन्त्री पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औँ वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी भइसकेपछि त्यसै दिन मन्त्री पौड्यालले श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array