माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौ–सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजे बस्ने भएको छ । मंगलबारका लागि बोलाइएको बैठक पार्टीको संगठनसम्बन्धी ‘होमवर्क’ नसकिएकाले हिजो सारिएको थियो । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताका कारण हिजो पनि सरेर आजका लागि बोलाइएको हो ।
बैठकमा कार्यविभाजनमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन पदाधिकारी बैठक बसेको थियो ।
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्ने भएको छ । हिजोका लागि बोलाइए पनि अन्तिम समयमा आएर स्थगित भएको बैठक आज बस्न लागेको हो ।
कार्यविभाजनसँगै बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array