चलचित्र क्षेत्रमा चुनाव लाग्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ माघ २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौ–
नेपाली फिल्म क्षेत्रका तीन संस्थाहरु नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र पत्रकार संघ नेपाल र नेपाल चलचित्र कलाकार संघका सदस्यहरुले उम्मेदवारी घोषणा गर्न थालेका । नयाँ कार्यसमिति चयनका लागि महाधिवेशनम आगामी फागुन र चैतमा हुँदैछ ।
चलचित्र पत्रकारहरुको संस्था चलचित्र पत्रकार संघ नेपालको आगामी फागुन १७ गतेलाई तोकिएको महाधिवेशनका लागि अध्यक्ष पदमा मात्र अहिलेसम्म ७ जना आकांक्षी छन् । निर्वतमान अध्यक्ष सन्दीप सापकोटा, पूर्व कोषाध्यक्ष राजन घिमिरे, पूर्व उपाध्यक्ष विष्णु सुवेदी, पूर्व महासचिव समिर बलामी, डब्बु क्षेत्री, दयाराम पाण्डे र पूर्व सदस्य उत्सव रसाइली अध्यक्ष पदका आकांक्षी हुन् । औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । विष्णु सुवेदी पनि यतिबेला अध्यक्षमा उठ्ने गरी आन्तरिक कसरतमा व्यस्त छन् ।
अध्यक्षपछि ‘हेभिवेट’ भिडन्त महासचिव पदमा हुने देखिन्छ । संघभित्र बलियो पकड बनाएका प्रदीप कार्की र रघुनाथ सापकोटा महासचिवमा उठ्दैछन् । कार्की संघका वर्तमान कोषाध्यक्ष हुन् भने सापकोटा सचिव हुन् । दुवैले आफ्नो पक्षमा माहोल बनाउन आन्तरिक कसरत थालिसकेका छन् । त्यस्तै, सचिव पदमा नविन गिरी, गोपीकृष्ण चापागाईं र मिलन ढुंगानाको नाम चर्चामा छ ।

समावेशी सचिवमा दीपक गुरुङ, कोषाध्यक्षमा मनिष कार्की, मनोज न्यौपाने, कुमार आचार्य, सहकोषाध्यक्षमा सिपी जैसी र मनिष अन्जानबीच प्रतिस्पर्धा हुन सक्नेछ । सदस्यमा अनुप भट्टराई, सुरेन्द्र थापा, नविन कार्की, पवन भट्टराई, महिला सदस्यमा सुष्माश्री कार्की र सरिता भारती उठ्दैछन् ।

प्रतिक्रिया दिनुहोस्