काठमाडौँ महानगरपालिकालाई टुकुचा उत्खनन् अभियान रोक्न अन्तरिम आदेश

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
आज उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकालाई टुकुचा उत्खनन् अभियान रोक्न अन्तरिम आदेश दिएको छ । अदालत प्रशासनका अनुसार आदेशको पूर्णपाठ भने बिहीबार मात्रै सार्वजनिक हुनेछ।उक्त आदेशन्यायाधीशहरु महेश पौडेल र राज्यलक्ष्मी बज्राचार्यको इजलासले दिएको हो । काठमाडौँको हात्तिसार क्षेत्रका २१ घरधनीले महानगरले आफूहरुको जग्गामा डोजर चलाउन लागेको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए।
यसअघि पुरातत्व विभागले पनि १३० वर्ष पुरानो टुकुचाको सुरुङ उत्खनन् गर्न नमिल्ने बताएको थियो। राणाकालमा बनेको उक्त सुरुङ पुरातात्विक महत्वको भएको विभागले ठहर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

Array