कामना सेवा विकास बैंकका सीईओ प्रविण बस्नेत सहित ४ जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण बस्नेत सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त बैंकको मुख्य कार्यालय दमकमा रहेको छ । बैंकिङ कसुर सम्बन्धी मुद्दामा बस्नेतसहित चार जनालाई पक्राउ गरिएको झापा प्रहरी कार्यलयले जानकारी दिएको छ । पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् । उनिहरुबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्