१ देखि ५ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं– सरकारले आगामी शैक्षिक सत्रका लागि कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक निजी मुद्रण संस्थाले छाप्न दिने भएको छ । जसअनुसार १ करोड १० लाख पाठ्यपुस्तक निजी क्षेत्रले छाप्ने भएका छन् । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले कक्षा ४ देखि १२ सम्मको पाठ्यपुस्तक छाप्दै आएको थियो भने १ देखि ३ सम्मको निजीले छाप्दै आएका थिए । तर, जनक शिक्षाले कुनै शैक्षिक सत्रमा पनि समयमै पाठ्यपुस्तक समयमा उपलब्ध नगराएपछि विद्यार्थीहरू पाठ्यपुस्तकको अभावमै पढ्न बाध्य छन् ।
जनक शिक्षाले विगतमा २ वटा मेसिनबाट पाठ्यपुस्तक छाप्दै आएकोमा अहिले ५ वटा मेसिनबाट पुस्तक छपाइ गरिरहेको छ ।
जनक शिक्षाले यो वर्ष पनि समयमै पाठ्यपुस्तकको छपाई र वितरणको काम गर्न नसक्ने देखेपछि सरकारले उसको अधिकार खोसेर निजीलाई दिने तयारी गरेको जानकारी दिएको छ । छपाइका लागि माघ २२ गतेसम्म निजीलाई आवेदन दिन समय तोकिएको छ । त्यसपछि छनौट हुने निजी मुद्रण संस्थाले कक्षा १ सम्मका १ करोड १० लाख पाठ्यपुस्तक छाप्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array