प्रचण्ड र ओलीबीचको भेटवार्तामा गृहमन्त्रालयको विषयमा छलफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठाण्डौ–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्तामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्रालय दिने वा नदिने विषयमा छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएको भेटमा समयसामयिक अन्य राजनीतिक विषयमा छलफल भएको पनि बताइएको छ।
सर्वोच्च अदालतले यही माघ १३ गते शुक्रबार रास्वपाका सभापति लामिछानेको नागरिकता अवैध ठहर गरेपछि गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा नेताहरूको दौडधुप चलिरहेको छ। यता, रास्वपाले भने सरकारमा सहभागी हुनको लागि आफूलाई गृहमन्त्रालय चाहिने अडान कायमै राखेको छ।

पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नेपाली नागरिकता लिएका छन्। नागरिकता लिएसँगै पुनस्रास्वपाको सभापतिको जिम्मेवारी लिएका उनी आफूलाई गृहमन्त्रालय पार्ने दौडमा छन्। प्रधानमन्त्री दाहालले सर्वोच्चबाट फैसलाको पूर्णपाठ आएपछि मात्र गृहमन्त्रायको टुङ्गो लगाउने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

Array