मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुन सकेन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठाण्डौ–
मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत थप विस्तार हुन सकेको छैन। सत्ता साझेदार दलहरूबीच कसले कुन मन्त्रालय पाउने विषयमा सहमति नभएकाले मन्त्रि परिषद विस्तारमा समस्या देखिएको हो । सत्तारूढ दलहरूबीच पाँच प्रदेशसभा सदस्य बराबर एक मन्त्रालय दिने समझदारी भएको थियो ।
तर एउटै मन्त्रालयमा दुई पार्टीले दाबी गरेपछि मन्त्रिपरिषद् विस्तार हुन नसकेको हो । नेकपा माओवादी केन्द्रले मधेसमा सामाजिक विकाससहित दुई मन्त्रालय माग गरेको छ।
मधेसमा सत्ता साझेदार मुख्य दल नेकपा एमाले र सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टीबीच यस बारेमा छलफल भइरहेको छ। जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादव भन्छन्, ‘हामीले सामाजिक विकास मन्त्रालय मागेका छौँ। यसमा सहमति जुटेपछि हाम्रो पार्टीको तर्फबाट मन्त्री बन्नेको नाम छिट्टै पेस हुन्छ।’

यही माघ १३ गते जनमत पार्टीबाट मन्त्री बनेका इञ्जिनियर वसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रदेश सरकारमा नेकपा (एमाले), जसपा, जनमत र माओवादी केन्द्र सहभागी छन् । मधेसमा अहिले चार सदस्यीय मन्त्रिपरिषद् छ। गत पुस २९ गते मुख्यमन्त्री यादवले शपथग्रहण गरेका थिए। मुख्यमन्त्रीसँगै तीन बिनाविभागीय मन्त्रीले शपथ लिएका थिए। अहिले उनीहरूको जिम्मेवारी तोकिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

Array