शुभम पावरको आइपीओ बिक्री खुला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठाण्डौ– शुभम पावर लिमिटेडले सर्वसाधारण र वैदेशिक रोजगारीमा गएकालाई आजबाट आइपीओ बिक्री खुला गर्ने भएको छ । सर्वसाधारणलाई कुल ५ लाख ८० हजार ५८० कित्ता आइपीओ जारी गर्ने भएके हो । यसको १० प्रतिशत वैदेशिक रोजगारीमा जाने पाउनेछन्। उनीहरुलाई कुल ५८ हजार ५८ कित्ता छुट्याएको छ । न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तामा लागि आवेदन दिन सकिनेछ । आवेदन छिटोमा माघ २२ गते बन्द हुँदैछ। पर्याप्त आवेदन नआए फागुन ३ गतेसम्म लम्बिने जनाएको छ।
आयोजना प्रभावितहरुले आरक्षित १ लाख ८० हजार ५ सय ८० कित्ता आइपीओमा आवेदन नदिएपछि सो सेयर पनि सर्वसाधारणको भागमा राखिएको जनाएको छ। यसअघि सर्वसाधारणको भागमा ४ लाख कित्ता छुट्याइएको थियो।ं

प्रतिक्रिया दिनुहोस्

Array