बलात्कार आरोपित क्रिकेटर सन्दीप लामिछानेलाई क्यानले गरेको निलम्बन फुकुवा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १८ माघ २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं–
पोखरामा मंगलबार नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकलेले बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । उनीमाथिको प्रतिबन्ध फुकुवाको निर्णय गरेको हो। नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले गत भदौ ५ गते काठमाडौं गौशालाको एक होटलमा लगेर एक नाबालिग किशोरी बलात्कार गरेको आरोप लागेपछि क्यानले उनलाई भदौमा २३ मा निलम्बनमा राखेको थियो ।
त्यसपछि गत असोज २० गते पक्राउ परेका लामिछाने पर्पक्षका लागि थुनामा थिए । तर पाटन उच्च अदालतले गत पुस २८ गते लामिछानेलाई २० लाख धरौटी राखेर छोड्न आदेश दिएपछि लामिछाने थुनामुक्त भएका थिए ।
उनलाई धरौटीमा छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले मंगलबारै सर्वोच्च अदालतमा निवेदन दर्ता गराएको थियो । तर यता पोखरामा बसेको बैठकले भने लामिछानेमाथिको निलम्बन फुकुवाको निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array