क्रिकेट संघको बैठकमा ७ केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्षको राजीनामा मागे

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं–
मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकले नेपाल क्रिकेट संघ (क्यानं) का ७ जना केन्द्रीय सदस्यले लिखित रुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् । ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखितरुपमा नै पत्र बुझाएका हुन् । नेपाल टी–२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरुले अध्यक्षको राजीानामा माग गरेको जानकारी दिएको छ ।
कार्यसमिति बैठकमा पनि उनीहरुले लिखित रुपमा राजीनामा मागेका हुन् । अध्यक्ष चन्दको राजीनामा माग्नेमा केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरी हुन् ।

प्रतिक्रिया दिनुहोस्