काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गैरसांसदकोरुपमा गृहमन्त्री बनाउन चर्को दबाब आएको बताएका छन् । माओवादी केन्द्रको मंगलबार बसेको पदाधिकारी बैठकमा नेताहरुलाई ब्रिफिङ गर्दै प्रचण्डले गैरसांसदको रुपमा लामिछानेलाई गृहमन्त्री बनाउन सबैतिरबाट दबाब आएको बताएका हुन् । तर प्रधानमन्त्रीले रवि लामिछानेको नागरिकताबारे सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ नआएसम्म केही निर्णय नगर्ने बताएको जानकारी दिइएको छ । प्रचण्डले लामिछानेसहित अरू पार्टीबाट समेत उनलाई गृहमन्त्री बनाउन आफूलाई दबाब आएको ब्रिफिङ गरेको बताइएको छ । ‘उनीबाट मात्रै दबाब आए हुन्थ्यो नि, अरू पार्टीबाट पनि उस्तै दबाब छ’ प्रचण्डको भनाइ उदृद गर्दै ती पाटि पदाधिकारीले भने, ‘मैले कहिलेसम्म थेग्न सक्छु हेरौँ । गैरसांसदको रूपमा मन्त्री बनाउन लामिछानेको माग छ ।’
अहिले गैरसांसदलाई मन्त्री बनाउँदा सरकार र उनकै लागि पनि राम्रो नहुने बताएका छन् । प्रचण्ड अहिले सकेसम्म रास्वपा सरकारबाट नबाहिरियोस् भन्ने पक्षमा रहेको समेत बताइएको छ ।
गैरसांसदको रुपमा गृहमन्त्री बनाउन रवि र अरू पार्टीबाट चर्को दबाब आएको छ: प्रचण्ड

प्रतिक्रिया दिनुहोस्