रबिले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको तयारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले प्रधानमन्त्रि पुष्पकमल दहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष खड्का प्रसाद शर्मा (केपी) ओलीसँग गरेको भेटवार्ताबाट गृहमन्त्रालय दिन अलमल गरेको भन्दै सरकारबाट बा‍हिरिन तयारी  थालेको छ । आइतबार नेपाली नागरिकता लिएपछि पुनःगृहमन्त्री बन्ने दौडधूपमा लागेका रास्वपा सभापति रवि लामिछानेले गृहमन्त्रालय नपाए सरकारबाट बाहिरिने तयारी थालेको स्रोतले बताएको छ ।
स्रोतका अनुसार लामिछानेको नागरिकता विवादका कारण माओवादीका केही नेता उनलाई पुनःगृहमन्त्रालय दिन तयार नभएको र बिहानको छलफलमा पनि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाल सकारात्मक नभएको रास्वपाले बताएको छ । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा २० सिट जितेको रास्वपाले सरकारमा सहभागी हुँदा उपप्रधान तथा गृह मन्त्रालयसहित चार मन्त्रा‍लय लिएको थियो । सर्वोच्च अदालतले माघ १३ गते शुक्रबार रविको नागरिकता अवैध भएको फैसला गरेपछि लामिछाने पद तथा जिम्मेवारीबाट बाहिरिएका हुन् ।
चितवन२ बाट निर्वाचित लामिछानेको सांसद् पद खारेज भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रविले पुनस् उम्मेदवारी दिने तयारी थालेका छन्। यद्यपि निर्वाचन आयोगले भने निर्वाचनको मिति निर्धारण गरेको छैन।

प्रतिक्रिया दिनुहोस्

Array