लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरियो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं– लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टीले माघ २५ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि सत्ता गठबन्धनबाट बाहिरिएको छ । लुम्बिनीमा उपनिर्वाचनका लागि तीन दलका उम्मेदवारहरुले प्रतिष्पर्धा गर्दैछन्। माघ ११ गते उम्मेदवारी दर्ता गराएको नागरिक उन्मुक्तिले उम्मेदवारी फिर्ता लिन नमानेर गठबन्धनबाट नै अलग्गिएको हो ।
नागरिक उन्मुक्तिकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्नो दल सत्ता गठबन्धनबाट बाहिर रहेको स्पष्ट पारेकी छन् । सत्ता गठबन्धनबाट नेकपा एमाले र नागरिक उन्मुक्तिको छुट्टाछुट्टै उम्मेदवारी परेको छ। त्यस्तै, विपक्षी दल नेपाली कांग्रेसले पनि उम्मेदवारी दर्ता गरेको छ।
एमालेबाट रोल्पाका कुमार दसौदी, रेशम चौधरीको पार्टी नागरिक उन्मुक्तिबाट बाँकेका राजेन्द्रवीर राय र कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यको उम्मेदवारी अन्तिम नामावलीमा प्रकाशित भएको छ‍।
नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपनिर्वाचनअन्तर्गत माघ २५ गते मतदान हुनेछ ।
राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनीमा स्थानीय तहका प्रमुख र उपप्रमुख र प्रदेशसभा सदस्य गरी ३०५ जना मतदाता रहेका छन्। जसमा २१८ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख र ८७ प्रदेशसभा सदस्यहरू रहनेछन्।

प्रतिक्रिया दिनुहोस्

Array