नेपाली प्रशासनलाई जानकारी नदिइ भारतीय पक्षले ब्यारेजको ढोका खोलेपछि…

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १६ माघ २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं– नेपाली प्रशासनलाई कुनै जानकारी नदिइ भारतीय पक्षले ब्यारेजको ढोका खोल्दा कञ्चनपुर स्थित महाकाली नदीमा नदीजन्य वस्तु संकलनका लागि गएका मजदुर फसेपछि २० जनाको उद्धार भएको छ । भीमदत्त नगरपालिका–११ भुजेला स्थित महाकाली नदीमा फसेका २० जना मजदुरको कञ्चनपुर प्रहरीले सोमबार दिउसो उद्धार गरेको हो। भारतीय प्रहरीले एक्कासी बनवास पुलको ढोका खोलेपछि महाकाली नदीको बहाव बढ्दा नदीमा चालकसहित मजदुर फसेका थिए । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीली महालीमा फसेका मजदुरहरुको उद्धार गरेको हो । महाकाली नदीबाट ८ चालकसहित २० जना मजदुर नदीमा फसेका थिए। महाकाली नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका ८ वटा ट्याक्टरहरु वनबासा पुलका ढोका खोल्दा महाकाली नदीको बहाव अचानक बढ्न गएर नदीको बीच भागमा डुबेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार ८ जना ट्याक्टर चालकसहित २० जना मजदुर महाकाली नदीमा डुबेका थिए ।
वनबासा व्यारेज पुलसँग समन्वय गरेर पुलका ढोका बन्द गर्न लगाई ट्याक्टर, ट्याक्टर चालक र २० जना मजदुरलाई सकुसल उद्धार गरिएको उनले जानकारी दिए । यद्यपी मानवीय क्षति भने नभएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

Array