काठमाडौं–
अर्थ मन्त्रालयमा आज बसेको बैठकले तीन महिनाभित्र लेखापरीक्षण सम्पन्न गर्न राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई निर्देशन दिएको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लेखा परीक्षण हुन नसक्नु चिन्ताको विषय भएको बताउँदै २०८० साल वैशाख १६ भित्रमा लेखापरीक्षण सम्पन्न गर्न निर्देशन दिएका हुन् । राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३र७४ देखि लेखा परीक्षण हुन बाँकी छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले लेखा परीक्षण सम्पन्न नहुँदासम्म बोनस र लाभांश वितरणलाई अघि नबढाउन पनि निर्देशन दिए।
बैठकमा अर्थमन्त्रालय
तीन महिनाभित्र लेखापरीक्षण गर्न राष्ट्रिय बीमा संस्थान र बीमा कम्पनीलाई निर्देशन

प्रतिक्रिया दिनुहोस्