काठमाडौं– ब्याजदर घटाएर व्यावसायिक वातावरण बनाउन माग गर्दै उद्योग व्यवसायीहरूले विरोध कार्यक्रम काठामाडौँमा सोमबार घोषणा गरेका छन् । बैङ्किङ आतङ्कका कारण आफूहरू मारमा परेको भन्दै त्यसको विरोध स्वरुप आज माइतीघर मण्डलामा विभिन्न व्यावसायीहरूले विरोध कार्यक्रम गरेका छन् । सबै उद्योग व्यवसायीहरू एक हौँ भन्ने मूल नाराको प्ले कार्डसहित आन्दोलनमा सहभागीहरूले व्यवसायीप्रति सरकारको विभेद तथा वित्तीय संस्थाको आतंक भएको भन्दै त्यसको विरोध स्वरुप नारा लगाएका हुन । ब्याजदर घटाउ गरिखान देऊ, सहज व्यवसायिक वातावरण कायम गर, बैङ्किङ्ग ब्याजदर १ अंकमा ल्याऊ, बैङ्किङ आतङ्ग बन्द गर, स्व। प्रेम आचार्यको मागहरू सम्बोधन गरलगायतका नाराहरू लगाएका थिए ।
बैङ्किङ आतङ्ग बन्द गर भन्दै माइतीघरमा व्यवसायीहरूको आन्दोलन

प्रतिक्रिया दिनुहोस्