बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् । प्रधानमन्त्री दाहालसँग सत्ता साझेदार दलका नेता समेत रहेका ओलीको अहिले छलफल चलिरहेको छ ।

छलफलमा नागरिकता विवाद समाधान भएपश्चात् शुक्रबार मात्र उपप्रधानसहित गृह मन्त्रालय गुमाएका रवि लामिछानेलाई पुनः सरकारमा ल्याउने वा नल्याउने विषयमा कुराकानी भइरहेको छ । बैठकमा अन्य समसामयिक विषमया पनि छलफल भइरहेको बुझिएको छ ।

ओलीले पछिल्लो दिनमा आफूलाई चौतर्फी घेराबन्दी पारेको भन्दै दाहालले असन्तुष्टि जनाइरहेका छन् । राष्ट्रपतिमा पनि राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव दाहालको छ भने ओली त्यसमा तयार छैनन् ।

प्रतिक्रिया दिनुहोस्

Array