राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा रवि लामिछाने चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सभापतिमा रवि लामिछानेलाई पुनः चयन गरेको छ ।

सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई सभापतिमा पुनः चयन गरेको हो । रास्वपाका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई फेरि गृह मन्त्रीकै रुपमा पठाउने तयारी छ ।

गृह मन्त्रालय नपाए आफूहरु सरकारबाट बाहिरिने तयारीमा रहेको रास्वपाका एक नेताले बताए ।

“गृह मन्त्रालय नपाए हामी सरकारबाट बाहिरिन्छौं,” ती नेताले भने, “गृह मन्त्रालय हाम्रो बटमलाइन हो । त्यसमा तलमाथि हुँदैन ।”

प्रतिक्रिया दिनुहोस्