सत्ता समीकरण बदल्न रवि लामिछानेमाथि मुद्दा हालियो: महासचिव पोखरेल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – सत्ता साझेदार नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री रवि लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको बताएका छन् ।

आज (आइतबार) सञ्चारकर्मीहरुसँग कुरा गर्दै महासचिव पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकता प्रकरणमा मुद्दा हालिएको आरोप लगाएका हुन् ।

उनले लामिछानेको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल नहुने स्पष्ट पारे । राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरूका कारण नबिथोलिने भन्दै समस्याको समाधान गरिने उनले बताए । विगतमा पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्ति नेपाल फर्किदा स्वतः नेपाली नागरिक भएका आमअभ्यास रहेको भए पनि कसैले प्रश्न नउठाएको उनको तर्क थियो ।

महासचिव पोखरेलले रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चामत्कारिक रहेको टिप्पणी गरेका छन् । अदालतमा त्यस्तै प्रकृतिका मुद्दाको निरुपण गर्न उदासीन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने, तर कतिपय मुद्दाको फटाफट निर्णय हुने गरेको भन्दै यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Array