नेप्सेमा १४.६८ अंकको गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १४.६८ अंकले घटेको छ । आइतबार बजार परिसूचक नेप्से शून्य दशमलव ६७ प्रतिशतले गिरावट हुँदा २१६८.५३ बिन्दुमा बन्द भएको छ ।

२६७ धितोपत्रको ५१ हजार ९७३ वटा कारोबारबाट ८२ लाख ७६ हजार ७५१ कित्ता सेयर किनबेच भएको छ । यसबाट ३ अर्ब १ करोड ७० लाख ६३ हजार ९५६ रुपैयाँको कारोबार भएको छ ।

आइतबार होटल र पर्यटन, जीवन बीमा उपसूचक हरियो देखिए भने अन्य सबै उपसूचक राताम्य देखिए । घटेको बजारमा पनि दुई वटा कम्पनीमा सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र बलेफी हाइड्रोपावरको मूल्य धेरैले बढेको हो । धेरै घट्नेमा समृद्धि फाइनान्स र सिभिल लघुवित्त वित्तीय संस्था रहे ।

प्रतिक्रिया दिनुहोस्

Array