एकल महिलाका माग र मुद्दा सम्बोधन गर्छौं: प्रधानमन्त्री

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डलेले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरुरी भएको बताए।

मानव अधिकारका लागि महिला समूहद्वारा आज आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने, ‘ तपाईँहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक् र मौलिक लाग्यो। यहाँ तपाईँहरूले एकल महिलाका हक अधिकारका पक्षमा जे जति मुद्दा उठाउनुभएको छ त्यसलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ।’

- Advertisement -
Ad imageAd image
प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको पनि बताए। ‘यो न्यायोचित माग हो।  यसमा हामी छलफल गर्नेछौँ। एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईँहरूले जे जति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन्। तिनीहरू सम्बोधन गरिनेछ।’

सत्ताइस वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गरे।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्