पोखरामा एक युवाले गरे आत्मदाहको प्रयास, गम्भिर अवस्थामा उपचार हुँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – पोखरा महानगर १३ काहुँखोलामा जलेर २ जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षका पुरुष र एक महिला छन् ।

पोखरा-१३ बस्दै आएका ती युवाले आइतबार बिहान शौचालय गएर आत्मदाहको प्रयास गरेका थिए।

- Advertisement -
Ad imageAd image
भाडामा बस्दै आएका युवा शौचालय गएर आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। उक्त घटना थाहा पाउने बित्तिकै घरबेटी एक महिलाले आगो निभाउन गएकी थिइन्। आगो निभाउन जाँदा उक्त महिला पनि घाइते भएको प्रहरीले जनाएको छ।

आत्मदाह प्रयास गरेका युवा र आगो निभाउन गएकी महिलालाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। ती युवाले आत्मदाह प्रयास गर्नुका कारण भने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्