रवि लामिछाने नागरिकता लिने प्रक्रियामा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः नागरिकता लिने प्रक्रिया सुरु गर्दैछन् ।

आज उनी जिल्ला प्रशासन कार्यालय गएर नागरिकता लिने प्रक्रिया सुरु गर्ने तयारी भएको सो पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः प्रक्रिया सुरु गर्न लागेका हुन् ।

उनले अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पुरानै नागरिकताअनुसार कामकारवाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरिदिएको छ ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जिल्ला प्रशासन कार्यालयमा पुनः नागरिकता गरीपाउँ भनी निवेदन दिएर नयाँ नागरिकता लिनुपर्ने बताए ।

“अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जानुपर्छ,” उनले भने, “अहिले नागरिकता लिँदा विवरण पुरानै आउँछ तर जारी मितिमात्रै अहिले पछिल्लो आउँछ ।”

प्रतिक्रिया दिनुहोस्

Array