अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आउँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं – अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड दुई दिने नेपाल भ्रमणमा आउँदैछिन् ।

उनी आज नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालमा नयाँ सरकार गठनपछि उनी पहिलो पटक नेपाल आउन लागेकी हुन् ।

यो पछिल्लो सरकार गठनपछिकै अमेरिकाको उच्चस्तरि भ्रमण हो ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री विमला राई पौड्यालसहित अन्य केही उच्च नेताहरुसँग भेट्ने कार्यतालिका छ ।

त्यस्तैगरी उपमन्त्री भिक्टोरिया नुल्यान्डले अमेरिकाले नेपालमा पुनर्निर्माण भएका केही पूर्वाधार र केही सांस्कृतिक सम्पदास्थलको पनि अवलोकन गर्ने जनाइएको छ ।

भ्रमणका सम्बन्धमा सोमबार पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी गराइने अमेरिकी दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array