नेटोका पूर्वमहासचिव बने चेक गणतन्त्रको नयाँ राष्ट्रपति

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ माघ २०७९, आईतवार
1 Min Read
Aa

प्राग – उत्तर एटलान्टिक सन्धि संगठन (नेटो)का पूर्वमहासचिव पेटर पावेल चेक गणतन्त्रका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

उनले आफ्ना पपुलिस्ट प्रतिद्वन्द्वी आन्द्रेज वाविसलाई बिदाइ गरेका बीबीसीले लेखेको छ ।

सरकारी तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक चुनावी परिणामअनुसार ६१ वर्षीय पावेलले खसेको कूल मतको ५७ दशमलव ६ प्रतिशत मत प्राप्त गरेका छन् ।

चुनावी परिणाम घोषित भएलगत्तै आफ्ना समर्थकहरुलाई सम्बोधन गर्ने क्रममा सन् २०१७ देखि २०२१ सम्म चेक प्रधानमन्त्री रहेका वाविसले आफ्नो पराजय स्वीकारेका थिए ।

पूर्वमहासचिव पावेलले आगामी मार्चमा दोस्रो कार्यकाल सकिन लागेका राष्ट्रपति मिलोस जेमानको स्थान लिनेछन् ।

वाविस र पावेलबीचको दोस्रो चरणको राष्ट्रपतीय चुनावलाई पपुलिस्ट र उदारवादी प्रजातान्त्रिक समूहबीचको प्रतिस्पर्धाको रुपमा लिइएको थियो । ज्यान मार्ने धम्की तथा गलत सूचनाहरुका कारण चुनावी प्रचार प्रसार अभियान अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array