विदेशबाट एकै पटक ट्राफिक आउँदा सरकारी कार्यालयका वेबसाइटमा समस्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
राष्ट्रिय सूचना प्रविधि केन्द्रले विदेशबाट एकै पटक ह्वात्तै ट्राफिक आउँदा सरकारी कार्यालयहरुका वेबसाइट समस्या आएको जानकारी दिएको छ । नेपालबाहिरबाट एकैपटक धेरै ट्राफिक आउँदा सबै सरकारी कार्यलयका वेबसाइटमा समस्या आएको उनले बताए । विज्ञहरुले यसलाई ‘डीडीओएस अट्याकको आशंका व्यक्त गरेका छन् ।

उनले डेढ घन्टायता सबै सरकारी कार्यलयका जीओभी डटएनपी वेबसाइट डाउन भइरहेको र यसलाई अबको केही समयभित्रै रिकभर गरिने जानकारी दिएका छन् । उनले भने, ‘रिकभर गर्ने प्रयास भइरहेको छ । अबको ३० मिनेटभित्र सबै वेबसाइट खुल्छन् र चल्छन् ।’ यद्यपी, सरकारी वेबसाइट ह्याक भने नभएको पोखरलले बताए ।

प्रतिक्रिया दिनुहोस्

Array