आत्मदाह गरेका आचार्यको शनिबार बिहान अन्त्येष्टि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौ– सङ्घीय संसद् भवनअगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारका सदस्यले शव बुझेपछि शनिबार बिहान अन्त्येष्टि गरिएको छ ।
आचार्यको अन्त्येष्टिमा उनका परिवारका सदस्य, आफन्त, शुभेच्छुक, जिल्लावासीहरू पशुपति पुगेका थिए । व्यवसाय सञ्चालनका क्रममा झेलेका अनेक समस्या सामाजिक सञ्जालमा पोस्ट गर्दै आचार्यले माघ १० गते मंगलबार संसद् भवनअगाडि आत्मदाह गरेका थिए ।
लगत्तै प्रहरीले उद्धार गरेर अस्पताल भर्ना गरेपनि भोलिपल्ट बुधबार उनको निधन भएको हो ।
घटनापछि आचार्यका परिवारले सरकारसमक्ष विभिन्न १० बुँदे माग राखेका पूरा गर्ने प्रतिबद्धता सरकारले जनाएपछि परिवारले उनको शव बुझेर अन्त्येष्टि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array