नेपाल राष्ट्रिय व्यवसायी महासंघको बैंकहरु विरुद्ध आन्दोलन घोषणा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ माघ २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौ
शुक्रबार बसेको बैठकले नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ ।

मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकले उद्योगी व्यवसायीलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध माघ १६ गतेदेखि आन्दोलन घोषणा गरेको जानकारी दिएको छ । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधै अपहेलना गरेको आरोप लगाएको छ ।

त्यस्तै, बैंकहरुले लिने चर्को ब्याजदर, कालोसूचीमा उद्योगी व्यवसायीको नामाकरण तथा धितो लिलामी गरी व्यवसायीहरु दिनप्रति दिन आत्माहत्या र आत्मदाह गर्न बाध्य पार्ने कामको खण्डन गर्दै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो । सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीप्रति लिने नीति व्यवसायीमैत्री नभएको तथा बैंकहरुले उद्योगी व्यवसायीलाई अपहेलना गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

Array