प्रेम आचार्यको आत्मदाहले धेरै पाठ सिकाइरहेको छ: उद्योग मन्त्री भण्डारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ माघ २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले व्यवसायी प्रेम आचार्यले गरेको आत्मदाहले धेरै पाठ सिकाइरहेको बताएका छन् ।

आजदेखि भृकुटीमण्डपमा आयोजित ‘नेपाल वूड इन्टरनेश्नल एक्स्पो’ को उद्घाटन गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । भण्डारीले नेपाल सरकारले व्यवसायी आचार्यको आत्मदाहबारे छानबिन गरिरहेको समेत बताए । उनले आचार्यको घटनालाई आधार मानेर नेपालको औद्योगिक र व्यवसायीक क्षेत्रमा रहेको समस्यालाई समाधान गर्ने प्रयासमा सरकार लागि परेको बताए ।

‘व्यवसायी आचार्यको आत्मदाहले धेरै पाठ सिकाइरहेको छ । यसबापत छानबिन भइरहेको छ । र, यसको गहिराइमा गएर नेपालको उद्योग र व्यवसायीक क्षेत्रमा परेको समस्या समाधान गर्न प्रयास गरिने छ,’ भण्डारीले भने, ‘नेपालको व्यवसायीक क्षेत्रमा भूकम्प लगायतका अन्य कारणले पनि समस्याग्रस्त बनेको छ ।’ ‘नेपालको अर्थतन्त्र आज जुन अवस्थामा छ । व्यापार घाटा जसरी चुलियो र नेपालको जनशक्ति जसरी बाहिरियो,’ भण्डारीले थपे ‘त्यसलाई खोज्छौँ । सरकारको प्राथमिकतामा राख्दै बैङ्कको ऋणलाई व्यवस्थित गर्ने विषय लगायतका विषयलाई व्यवस्थित गर्ने प्रयासमा सरकार छ ।’

आजको दिनमा व्यवसाय सञ्चालन गरेबापत व्यवसायीलाई गलत गरेकी भन्ने पर्ने गरेको र यो अवस्थालाई परिवर्तन गरेर व्यावसायिक र औद्योगिक वातावरण बनाउनुपर्ने भण्डारीको जोड छ ।

प्रतिक्रिया दिनुहोस्

Array