आसिफ शेख बने आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जित्ने पहिलो नेपाली खेलाडी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ माघ २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका आसिफ शेखले बिहीबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले प्रदान गर्ने प्रतिष्ठित आईसीसी स्पिरिट आफ क्रिकेट अवार्ड–२०२२ जितेका छन् ।

“आयरल्यान्डका स्टार एन्डी म्याकब्रेनले रन आउट गर्ने प्रयासमा ट्रिप गरेपछि रन आउट नगर्ने निर्णय गरेकोमा नेपालका विकेटकिपर आसिफ शेख आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड २०२२ घोषित भएका छन्,” आईसीसीले लेखेको छ, “यसरी आसिफ आईसीसी स्पिरिट अफ क्रिकेट अवार्ड जित्ने पहिलो नेपाली खेलाडी बनेका छन्

गत फगुनमा ओमानमा सम्पन्न चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजका क्रममा आयरल्यान्डविरुद्धको खेलमा देखाएको खेल भावनाले उनी मनोनियनमा परेका हुन् । आयरल्यान्डका एन्डी म्याकबर्नी रन लिनेक्रममा नेपाली बलर कमल सिंह ऐरीसँग अल्झिएर लड्न पुगेपछि आसिफले रन आउट गरेका थिएनन् ।

खेलको १८ ओभरमा ११३–८ को अवस्थामा तीव्र गतिका बलर कमलसिंह ऐरीको १९ औँ ओभरको तेस्रो बलमा मार्क आदिरले एक रन लिनेक्रममा नन स्ट्राइकबाट दौडिएका एन्डी म्याकबर्नी कमलसँग अल्झिएर लड्न पुगेका थिए ।

कमल मिडविकेटमा गएको बल लिने क्रममा उनीसँग ठोक्किन पुगेका थिए । उनी पुनः उठेर क्रिजतर्फ दौडे । क्रिजको मध्य भागमा लडेका उनलाई रन आउटको लागि कमलले मिडविकेटबाट आसिफलाई बल दिएका थिए । आसिफले चाहेको भए सहजै रन आउट गर्न सक्थे । तर आसिफले रन आउट गरेनन् ।

आसिफले देखाएको उक्त खेल भावनालाई लिएर नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय मिडिया तथा समर्थकले खुलेर प्रशंसा गरेका थिए ।

आईसीसी आफैँले पनि उनको उक्त भावनाको खुलेर प्रशंसा गरेको थियो भने उक्त दृष्यको भिडियो क्लिप विश्वभर चर्चित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array