काठमाडौं – राष्ट्रपतिको निर्वाचन फागुन २६ गते गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगले यस विषयमा सरकारसँग पनि अनौपचारिक छलफल जारी राखेको स्रोतले जानकारी दिएको छ ।
आयोगमा भएको अनौपचारिक छलफलमा २६ गते शुक्रबार मतदानका लागि उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।
“आयोगको अन्तिम निर्णय हुन बाँकी छ,” निर्वाचन आयोग स्रोतले भन्यो, “२६ गते गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको छ ।”
राष्ट्रपति निर्वाचनको मिति निर्वाचन आयोगले तोक्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस्