सेयर बजारमा सामान्य गिरावट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं– सेयर बजार बिहीबार घटेको लागेको छ । नेप्से परिसूचकमा ०.४१ अंकले ओरालो लागेर २१८३.२१ विन्दुमा आएर रोकिएको छ । 

बिहीबार २५४ कम्पनीको कारोबार भएको छ । ७७ लाख ६४ हजार १५३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८६ करोडभन्दा बढी रकमको कारोबार भएको छ । समृद्ध फाइनान्सको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १० करोडभन्दा बढीको सेयर बिक्री भएको छ साथै, रिडी पावरको ८ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।

लुम्बिनी जनरल बिमा, आदर्श लघुवित्त वित्तीय संस्था र बराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।  कुल १०१ कम्पनीमा उकालो लागेको छ भने १०७ कम्पनीमा ओरालो लागेको छ । साथै ५ कम्पनी भने स्थिर रहेको छ । 

आज १३ उपसूचकहरु ६ बाहेक सबै कम्पनीमा उकालो लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array