हिमपातले जुम्लामा हवाई सेवा अवरुद्ध, धावनमार्गको हिउँ पन्छाइँदै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – हिमपातका कारण जुम्लामा हवाईसेवा बन्द भएको छ । मंगलवारदेखि हिमपातले जुम्ला विमानस्थलको धावन मार्गमा हिउँ जमेपछि जहाँज बस्न सकिरहेका छैनन् । आज (बिहीबार) विहानदेखि हिउँ रोकिएको छ । नागरिक उड्डयन प्राधिकरण जुम्लाका निमित्त प्रमुख राजीव श्रेष्ठका अनुसार मंगलवार र वुधवार निरन्तर हिउँ जमेकाले हवाई सेवा ठप्प भएको हो ।

सम राम्रो भए पनि धावन मार्गमा हिउँ जमेकाले जहाँज अवतरण हुन नसकिरहेको उनले जानकारी दिएका छन् । आज मौसम राम्रो भएकाले नेपालगञ्जदेखि जहाज आउन तयारी अवस्थामा छन् तर धाममार्ग खुलाइँदै गरिएको नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाले बताए । धावन मार्गमा हिउँ जमेको हिउँ विहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीले फाल्ने काम शुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array