निर्वाचन अधिकारीको आलोचना गरेको आरोपमा पाकिस्तानका पूर्वसूचनामन्त्री पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

निर्वाचन अधिकारीको आलोचना गरेको आरोपमा पाकिस्तानका पूर्वसूचनामन्त्रीलाई पक्राउ गरिएको छ । उनी पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका सहयोगी थिए ।

खान नेतृत्वको सरकारमा सूचना मन्त्री रहेका फवाद चौधरीलाई पूर्वी शहर लाहोरस्थित उनको घरबाट मंगलबार बिहान पक्राउ गरिएको हो ।

चौधरीले मङ्गलबार गरेको टेलिभिजन टिप्पणीमा निर्वाचन आयोगका अधिकारी तथा तिनका परिवारलाई धम्की दिएको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राजधानी इस्लामावादमा उनीविरुद्ध दायर गरिएको अभियोगमा राज्यको निर्वाचन प्रक्रियामा बाधा पुर्‍याउने प्रयास गरेकाले देशद्रोहको कानूनअन्तर्गत पक्राउ गरिएको उल्लेख छ । गत एप्रिलमा खानको पार्टीले संसद्मा विश्वासको मत गुमाएपछि उनी सत्ताबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array