सुपर मादीको आईपीओ भर्ने आज अन्तिम दिन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ – सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओका लागि आवेदन भर्ने समय आज सकिँदैछ।

९ माघमा निष्काशन गरेको आईपीओमा आवेदन दिनका लागि आज बिहीबारसम्मका लागि समय तोकिएको छ।

कम्पनीले जारी पूँजीको १० प्रतिशत अथार्त २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता शेयर सर्वसाधारणमा निष्काशन गर्न छुट्याएको थियो।

सोमध्ये २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुका लागि र १ लाख ५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको बाँडफाँट गरिएको छ। त्यसका साथै ४२ हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्

प्रतिक्रिया दिनुहोस्

Array