माओवादी केन्द्रको आज स्थायी कमिटी बैठक बस्दै

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ माघ २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौं – सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज (बिहीबार) बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज स्थायी कमिटी बैठक बोलाइएको हो ।

बैठकमा समसामयिक राजनीतिक विषय, सरकारको काम–कारबाही, पार्टी संगठन चलाएमान बनाउने बारेमा छलफल हुने कार्यक्रम तय भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री बनेपछि पार्टीका बाँकी काम अगाडि बढ्न नसकेकोले अरुलाई जिम्मेवारी दिनुपर्ने पार्टीभित्र बहस चलेको छ । आजको बैठकले पार्टी केन्द्रीय समितिको बैठक बोलाउने सम्भावना रहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array